आदरणीय अभिभावक, प्यारा विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरू,

सिन्धुपाल्चोकको इन्द्रावती–६ मा अवस्थित यस ऐतिहासिक र प्रतिष्ठित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको डिजिटल मञ्च (Website) मा यहाँहरूलाई स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको छ। यो वेबसाइट विद्यालय र समुदायलाई प्रविधिमार्फत जोड्ने एउटा महत्त्वपूर्ण कडी हो।

यो वेबसाइट विद्यार्थीहरुको सिकाइको साथी बन्ने अपेक्षा गरिएको छ। यहाँबाट उनीहरूले विद्यालयका सूचना, शैक्षिक सामग्री, परीक्षाको नतिजा र विभिन्न अतिरिक्त क्रियाकलापका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यो वेबसाइट एक साझा मञ्च बन्नेछ। साथै आफ्ना बालबालिकाको शैक्षिक प्रगति र विद्यालयका गतिविधिहरूलाई घरमै बसेर नजिकबाट नियाल्न अभिभावकहरुलाई यो वेबसाइटले मद्दत गर्नेछ। साथै विद्यालयबाट प्रकाशित हुने सूचना तथा जानकारीहरु एवं विद्यालका गतिविधिहरुको पहूँच विश्वव्यापी बनाउन समेत यस वेबसाइटले महत्वपूर्ण भूमिका खेल्नेछ

परिचय

इन्द्रावती–६, सिन्धुपाल्चोकमा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, वैदिक संस्कार र आधुनिक प्रविधिको संगम भएको एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

About Us

Infrastructures

Community

Mission & Visions

Teacher-Staffs

जोडिनुहोस्

Classes

Events

Programs

सम्पर्कः

© 2025 Trikuteshwori Secondary School