" संस्कार सहितको शिक्षा "

श्री
सिपातीनघरे संस्कृत मा.वि.

वि.सं. १९६० देखि सुसंस्कृत शिक्षा प्रदान गर्दै ....

थप हेर्नुहोस्

" सीपमूलक शिक्षा, सफल भविष्य "

व्यावहारिक ज्ञान र गुणस्तरीय शिक्षा

उज्ज्वल भविष्यको बलियो आधार

थप हेर्नुहोस्
saraswati

शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम् ॥१॥
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम् ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ॥२॥

सरस्वती मया दृष्टा, वीणा पुस्तक धारिणी ।
हंस वाहन संयुक्ता विद्यादानं करोतुमे ॥३॥

कार्यक्रमहरु

कार्यक्रमहरु

बालविकास, आधारभूत कक्षा, माध्यमिक कक्षा, संस्कृत गुरुकुल

शिक्षक एवं कर्मचारी

शिक्षक एवं कर्मचारी

हामीसँग अनुभवी एवं योग्य शिक्षकहरू छन् जो विद्यार्थीहरूको शैक्षिक वृद्धि र व्यक्तिगत विकासलाई प्रोत्साहन गर्न उत्साहित एवं सक्षम छन्।
mission-vision

ध्येय एवं उद्देश्य

Mission & Vision

प्राचीन वैदिक संस्कार र आधुनिक प्राविधिक शिक्षाको सङ्गम: विद्यार्थीहरूलाई दक्ष, व्यावहारिक र सफल बनाउने हाम्रो प्रतिबद्धता।

सुविधाहरु

Facilities/ECA

विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, स्मार्ट कक्षाकोठा, शैक्षिक एवं खेलकुद सामग्रीहरु, अतिरिक्त क्रियाकलापहरु आदि ...

प्रधानाध्यापकको कलमबाट

Punya Prasad Acharya
“सा विद्या या विमुक्तये”

(त्यो विद्या नै सत्य विद्या हो, जसले मानवलाई अज्ञानताको बन्धनबाट मुक्त गर्छ ।)

सिन्धुपाल्चोक जिल्लाको शैक्षिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको केन्द्रका रूपमा स्थापित श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय / श्री सिपातीनघरे संस्कृत गुरुकुल को तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, दाता महानुभाव, शुभेच्छुक तथा आगन्तुकहरूप्रति हार्दिक अभिनन्दन व्यक्त गर्दछु ।

पूर्वीय दर्शनले मानव जीवनलाई संस्कार–साधना–सेवा को त्रिसूत्रमा बाँध्छ भने आधुनिक विज्ञानले तर्क–प्रयोग–प्रविधिको माध्यमबाट जीवनलाई व्यवहारिक बनाउँछ । हाम्रो विद्यालयले यही दुई धारलाई समन्वय गर्दै शिक्षालाई केवल ज्ञानको सङ्कलन नभई चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्दै आएको छ ।

पुण्यप्रसाद आचार्य

प्रधानाध्यापक

Punya Prasad Acharya

उपलब्ध

भौतिक पूर्वाधार/सुविधाहरू

कम्प्युटर प्रयोगशाला

विद्यार्थीहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्न यस विद्यालयमा द्रुत गतिको इन्टरनेट र नवीनतम सफ्टवेयरसहितका कम्प्युटरहरुले युक्त अत्याधुनिक कम्प्युटर प्रयोगशाला सञ्चालमा रहेको छ ।

विज्ञान प्रयोगशाला

हाम्रो विज्ञान प्रयोगशाला भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञानका प्रयोगहरू सम्पन्न गर्न आवश्यक औजार, उपकरण र सुरक्षाका उपायहरूले पूर्ण रूपमा सुसज्जित छ।

पुस्तकालय

विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि हाम्रो पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू, सन्दर्भ ग्रन्थहरू र विद्युतीय (डिजिटल) स्रोतहरूको अनुपम संग्रहका साथै अध्ययनका लागि एक शान्त र सुसज्जित वातावरणको व्यवस्था गरिएको छ।

शैक्षिक सामग्रीहरु

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कक्षाकोठामा परम्परागत ग्रन्थदेखि आधुनिक प्रविधिसम्मका विविध शैक्षिक सामग्रीहरू प्रयोग गरिँदै आइएको छ ।

शैक्षिक भ्रमण

पुस्तकीय ज्ञानलाई व्यवहारमा उतार्न र विद्यार्थीहरूलाई विविध क्षेत्रको प्रत्यक्ष अनुभव गराउनका लागि हाम्रो विद्यालयले समय-समयमा अवलोकन तथा शैक्षिक भ्रमणको व्यवस्था गर्दै आएको छ।

प्रविधिमैत्री कक्षाकोठा

हाम्रा डिजिटल कक्षाकोठाहरू इन्टरएक्टिभ स्मार्ट बोर्ड, प्रोजेक्टर र मल्टिमिडिया जस्ता आधुनिक प्रविधिहरूले सुसज्जित छन्।

namaskar

रोजाइमा हामी

सिपातीनघरे संस्कृत मा.वि. नै किन ?

namaskar

सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, प्राचीन संस्कृत वाङ्मय र आधुनिक प्रविधिको अनुपम संगम भएको एक अग्रणी शैक्षिक संस्था हो। हामी विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा, अत्याधुनिक डिजिटल कक्षाकोठा र व्यावहारिक ज्ञानको माध्यमबाट दक्ष एवं चरित्रवान् नागरिक बनाउन प्रतिबद्ध छौँ।

पुण्यप्रसाद आचार्य

पुण्यप्रसाद आचार्य

प्रधानाध्यापक
गणेश प्रसाद ज्ञवाली

गणेश प्रसाद ज्ञवाली

सहायक प्रधानाध्यापक
मनिषा खत्री

मनिषा खत्री

लेखापाल
खिल बहादुर भारती

खिल बहादुर भारती

उ.मा.शि. गणित

परिचय

इन्द्रावती–६, सिन्धुपाल्चोकमा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, वैदिक संस्कार र आधुनिक प्रविधिको संगम भएको एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

About Us

Infrastructures

Community

Mission & Visions

Teacher-Staffs

जोडिनुहोस्

Classes

Events

Programs

सम्पर्कः

© 2025 Trikuteshwori Secondary School